भोजपुरमा श्रम संस्कृति पार्टीद्वारा जेन्जी युवा संगठन गठन

रामप्रसादराई–७ बासिखोरामा तदर्थ समिति विस्तार, युवालाई श्रम, सुशासन र सामाजिक रूपान्तरण अभियानमा आबद्ध गर्ने लक्ष्य

काठमाडौ । श्रम संस्कृति पार्टी ले संगठन विस्तार अभियानअन्तर्गत रामप्रसादराई गाउँपालिका–७ बासिखोरामा जेन्जी युवा संगठन गठन गरेको छ। ग्रामीण तहबाटै युवालाई संगठित गर्दै वैकल्पिक राजनीतिक बहसलाई संस्थागत स्वरूप दिन खोजिएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार पछिल्ला महिनाहरूमा देखिएको युवापुस्ताको असन्तुष्टि, रोजगारीको माग, पारदर्शिता र सुशासनसम्बन्धी आवाजलाई सकारात्मक राजनीतिक अभ्यासमा रूपान्तरण गर्ने उद्देश्यले संगठन विस्तार गरिएको हो। “श्रम नै सम्मान, श्रम नै समृद्धि” भन्ने नारासहित अघि बढिरहेको पार्टीले उत्पादन र श्रमसँग जोडिएको अभियानलाई स्थानीय तहबाटै सशक्त बनाउने रणनीति लिएको बताइएको छ।

तदर्थ समिति गठन

२०८२ माघ २९ गते बसेको बैठकले तदर्थ समिति गठन गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ।

तदर्थ समिति (रामप्रसादराई–७, बासिखोरा)
• संयोजक – धन बहादुर राई
• सह–संयोजक – मनोज राई
• सचिव – ईमानसिंह राई
• सह–सचिव – श्रीराम राई
• कोषाध्यक्ष – रन्जीता राई

सदस्यहरू:
जित बहादुर राई, सुजन राई, रबिन राई, दिल कुमार राई, मनि कुमार राई, भीष्म राई, टिकराम राई, सिताहाङ राई, प्रशुराम राई, सत्यहाङ राई, चिताहाङ राई, सुमित्रा राई, मनिमाया राई, युनिस राई।

बैठकले आगामी २०८२/११/०१ गते भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। साथै, प्रत्येक महिनाको अन्तिम शनिबार नियमित श्रमदान कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरिएको जानकारी दिइएको छ।

जेन्जी युवा संगठनको संरचना

उक्त निर्णयअनुसार गठन गरिएको जेन्जी युवा संगठनको नेतृत्व संरचना यसप्रकार छ–
• संयोजक – सन्तोष राई
• सह–संयोजक – प्रीतिराज राई
• सचिव – सिताराम राई
• सह–सचिव – जिवस राई
• कोषाध्यक्ष – बिमला राई

सदस्यहरू:
बाल कुमार राई, नरतम राई, संगम राई, शिखर राई, शक्तिमान राई, बिजय राई, दुर्गाप्रसाद राई।

पार्टीले युवामा नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ। स्थानीय स्तरबाटै सामाजिक रूपान्तरणको आधार निर्माण गर्दै श्रम संस्कारलाई व्यवहारमा उतार्ने प्रयास जारी रहने बताइएको छ।

Comments (0)
Add Comment