अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिप्रालीद्वारा विजया दशमी,दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उत्घाटन साथै मल्टिपर्पोज कम्पनि भिजन सियरिङ्ग

काठमाडौं। अल्फा ग्रुप मल्टिपर्पोज कम्पनि प्रालीद्वारा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनि उत्घाटन साथै मल्टिपर्पोज कम्पनि भिजन सियरिङ्ग तथा विजया दशमी,दीपावली,नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संसद तथा पुर्व-गृहमन्त्री भरत प्रशाद शाहले यस क्षेत्रको विकास निर्माणका लागि मदेश प्रदेश र व्यक्तिगत रुपमा आत्मा देखि नै सहकार्य गर्दै काम गर्न तयार रहेको बताए। उनले अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिलाई खुल्ला र सार्वजनिक जग्गा प्रयोगमा ल्याउन तयार रहेको उल्लेख गर्दै सो कार्यमा सहयोगका लागि समाजलाई आग्रह गरेका हुन्।

यो पनि पढ्नुहोस

अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिका स्थापक ललित जेम्स आले मगरले “सकरात्मक सोचका साथ काम गर्ने हो भने, असम्भव भन्ने केही नरहेको” भन्दै जिवन अमुल्य छ जादा सुन्य भएर नजाउ हामी एक भएर अघि बढ्नु पर्ने बताए । उनले सबैको साथ भए सामुहिक लगानीका लागि व्यवसायिक कृषि योजना तथा प्रोडक्टका लागि सुनौलो भविष्य यहिँ देशको माटोमा भएको र खाडी मुलुकको भर पर्नु नपर्ने बताउदै यस क्षेत्रलाई नमूना व्यवसायिक रुपमा विकास गर्न समाजका लागि आवहान गरेका छन्।

कार्यक्रममा अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिक प्रोडक डाईरेक्टर साइमोन जंग थापाले हिन्दुहरुको महान चाड विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको शुभकामना दिएका थिए।

उक्त कर्यक्रममा राजनिती क्षेत्रका दिगाज व्यक्ति सँगै अन्य छेत्रका ब्यक्त्तिहरुलाई सम्मान गरियो भने नेपालमा अल्फा ग्रुप मल्टिपर्पोज कम्पनि प्रालीले आफ्नो छुट्टै स्थान बनाउन सफल भएको समेत यहाहरुलाई जानकारी गराउन चाहन्छौ भने उक्त कर्यक्रममा गायक किरण भुजेलको प्रस्तुतिमा सबै झुमेका थिए भने उक्त कार्यक्रम भएका दृश्यहरु हेर्नुहोस् :

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...