पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को मायाँ बिनाको मान्छे” बजारमा

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा हङकङबासी संगीतप्रेमी उपेन्द्र बिश्वकर्माको नयाँ पृथक गीत “मायाँ बिनाको मान्छे” सार्वजनिक भएको छ । यस गीतमा पछिल्लो समय कि लोकप्रिय गायिका अनु चौधरीको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, चर्चित एरेञ्जर रमेश सेञ्चुरीको संगीत, एरेञ्ज, मिक्सिङ रहेको छ । सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन रहेको छ भने मन बहादुर पुनको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मञ्जिता केसी, प्रकाश बराईली “अभिब्यक्ति”, राज कुमार रायमाझी, सुजन बराईली, भिम बहादुर पौडेल, रमेश सेञ्चुरीको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस

यस गीतलाई म्याग्देली डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रेमिकाले प्रेमिलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको अनि अन्तिममा उस्को मायालाई बुझेर समर्पण गरेको कुरालाई समेट्न खोजिएको छ । साथै साँचो प्रेमको कदर गर्नुपर्छ र प्रेमले लै संसार बदल्न सकिन्छ भन्ने कुराको सन्देश दिन खोजिएको छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...