अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए । उनले भने–‘पक्राउ अनुमति जारी भएको छ ।’

पक्राउ पुर्जी जारी भएसँगै पहरीले उनको खोजी थालेको छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...