समाजसेवी पाल्देन लामाको पहलमा दोरम्बा शैलुङ गाउँपालिका विद्यार्थीलाई स्कुल झोला र स्टेशनरीका सामाग्री प्रदान।

काठमाडौ। दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-५ भरिका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी पाल्देन लामाको एक्लो प्रयासमा एक विद्यार्थी एक झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु आज मंगलबार दिउसो वितरण गरिएको हो।

विद्यार्थीहरुका लागि झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु वितरण कार्यक्रम वडामा भएका सबै विद्यालयहरुमा पुगेर वितरण गरिएको थियो। सेती देवी माध्यमिक विद्यालय गुन्सालको प्राङ्गणमा गरियको उक्त कार्यक्रममा बिभिन्न तह र तप्काबाट अभिभावकहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष कमान मोक्तान, पुर्व वडा सदस्य खाइबा सिङ मोक्तान, YCL नेपालको रामेछाप जिल्ला कमिटी अध्यक्ष तुल बहादुर मगर, समाजसेवी बोध बहादुर घिसिङ, गुन्साल आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्यकर्मी यान बहादुर श्रेष्ठ, समाजसेवी पासाङ घिसिङ लगायतका अभिभावकहरु साथै विद्यालयका व्यवस्थापना समिती परिवारको बाक्लो उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस

ताप्लेजुङमा भूकम्पको धक्का

Wherein life sea years lights fill kind midst Spirit

प्रत्येक विद्यार्थीहरुले हातमा झोला र स्टेशनरीका बिभिन्न सामाग्रीहरु प्राप्त गर्दा विद्यार्थी मात्र नभएर अभिभावक पनि खुशी देखिनु हुन्थ्यो। भने उक्त कार्यक्रममा विद्यार्थीहरुका लागि समाजसेवि पाल्देन लामाले गरेको कार्यको उच्चा प्रसंसा गरिएको थियो।

विद्यार्थीहरुका लागि झोला सहयोग गर्न दोरम्बा शैलुङ-६ लखनपुर सफल व्यावसायिक गणेश गौतमले १०० पिस, काभ्रे जिल्लाका व्यावसायि निरोज ढुंगानाले ५८ पिस, झापा जिल्लाका बिष्णु मिश्रले ५५ पिस, मकवानपुर जिल्ला व्यावसायी सुरेश तमाङबाट ६८ पिस दोरम्बा शैलुङ-६ लखनपुर व्यावसायी नबराज गौतमले ३० पिस, दोरम्बा शैलुङ-६ लखनपुर व्यावसायी सन्तोष गौतम २० पिस, दिनेस सन्जेल २० पिस, राम बहादुर बुढाथोकी २०, पिस राकेस १० पिस गरी कृष्ण १० पिस गरी सहयोगि दाताहरु जोडीएका थिए।

उसो त समाजसेवि पाल्देनले गत साउनमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-३ लेखर्कमा बाढि पहिरो पीडितलाई तीन लाख तीन हजार छ सय पन्ध्र हस्तान्तरण गरेका थिए भने, दोरम्बा शैलुङ-५ भैसे टोलका बाढि पहिरो पीडितलाई पचासि हजार सयोग गर्ने योजना बनाएका छन भने समाजसेवि पाल्देन आफ्नो गाउ घरमा मात्र सिमित नभएर देशैभरिका बैदेशिक रोजगारिमा गएका र ठगिएका युवाहरुको सारथी बन्दै न्यायको लागि एक्लो लडाईं लड्ने उदार मनका सेवक हुन पाल्देन। बैदेशिक रोजगारिबाट ठगिएका हजारौ युवापंतीलाई सहयोग गरेका हजारौ उदाहरण छन।

       

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...